नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

काठमाडौँ- आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपूरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटमा ३१७ रन बनाएको हो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए ।

यसैगरी, दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए ।

अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।

बिहान ९;३० बजेबाट शुरु हुने पूर्वनिर्धारित यो खेल बिहान पानी परे पछि पीच ओसिलो भएकोले केहिबेर ढिलो गरी टस भएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

स्कटल्याण्ड र अमेरिका सहभागी शृङ्खलामा नेपालले हालसम्म खेलेका तीन खेलमा दुई खेल जित्दै लिग-२ अङ्क तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

हालसम्मको नतिजामा २७ खेलबाट नेपालको २२ अङ्क छ ।अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अमेरिकामाथि नेपालको सानदार जीत, अमेरिका १२२ रनले पराजित

अमेरिकामाथि नेपालको सानदार जीत, अमेरिका १२२ रनले पराजित

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय