मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम – Online Khabar

१४ असार, काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राख्ने अनुमति पाएको छ ।निगमको हालको टेकुस्थित मुख्यालयको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन मंगलबार अर्थ मन्त्रालयमा सहमति भएको हो । अर्थ मन्त्रालय स्रोतकाअनुसार टेकुको २९ रोपनी जग्गा राष्ट्रिय वाणिज्य बैंकमा धितो राख्ने र […]

Continue Reading

नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने

१४ असार, काठमाडौं । सरकारले नदी प्रवाह आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत् खरिद समझौता (पीपीए)को सीमा (कोटा) बढाउने निर्णय गरेको छ । मन्त्रिरिषदको मंगलबार बसेको बैठकले १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो । यो निर्णयसँगै प्राधिकरणले थप १५ सय मेगावाटको आयोजनाको […]

Continue Reading

बामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ जना केन्द्रीय सदस्‍य

१४ असार, काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका  गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय […]

Continue Reading

वर्षाका कारण विराटनगरमा तीन दिन विद्यालय विदा – Online Khabar

१४ असार, विराटनगर । विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षापछि डुबानको समस्यामा देखिएपछि बुधबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख […]

Continue Reading

पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु – Online Khabar

१४ असार, वीरगञ्ज । पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज निवासी ३२ वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । पानी परेको बेला खेतमा आली लगाउँदै गरेका थारुलाई दिउँसो ३ बजेतिर चट्याङ खसेर लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब […]

Continue Reading

बहुमत जुटाउन उपेन्द्र र बाबुरामको कसरत – Online Khabar

१४ असार, काठमाडौं । विभाजन न एकताको अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आइतबार कार्यकारिणी सदस्यको अनौपचारिक बैठक बोलाए । स्थानीय तह निर्वाचनपछि पहिलो पटक गरिएको छलफलमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई उपस्थित भएनन् । १९ कार्यकारिणी सदस्य सहभागी भए । सहभागी नेताहरुका अनुसार यो […]

Continue Reading

बुढीगण्डकी बनाउने कम्पनीको यस्तो हुनेछ शेयर संरचना

Photo Credit : नवीन बराल/द थर्ड पोल १४ असार, काठमाडौं । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । कूल एक हजार २०० मेगावाट क्षमताको सो […]

Continue Reading

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुटेपछि पाँच ट्राफिक प्रहरी कारबाहीमा

१४ असार, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले […]

Continue Reading

इंग्लिस क्रिकेट कप्तान मोर्गनको सन्यास

१४ असार, काठमाडौं । इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस […]

Continue Reading

श्रीमतीसँगको विवादमा गोली चलाउने युवक पक्राउ – Online Khabar

१४ असार, जनकपुरधाम । जनकपुरधाममा श्रीमतीसँग विवाद भएपछि गोली चलाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापा चोकमा बस्ने ३७ वर्षीय मनिष अधिकारी रहेका छन् । उनले श्रीमतीसँग विवाद भएपछि पेस्तोलबाट गोली चलाएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनले श्रीमतीलाई तर्साउन भन्दै घरको छतमा […]

Continue Reading