इरान र खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्ने सरकारको निर्णय

इरान र खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले इरानमाथि भएको आक्रमणका कारण नेपाल लगायत विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अशान्तिका कारण उडान रद्ध भई त्रिभुवन विमानस्थल लगायत विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिटका क्रममा अलपत्र परेका यात्रुहरुको उचित सुरक्षासहित होल्ड हुने व्यवस्था गर्ने निर्णय गरेको हो ।

उडान नहुने अवस्थाका कारण त्यस्ता यात्रुहरुलाई सुरक्षासहित बसोबासको व्यवस्था गर्न सम्वद्ध मुलुकका दूतावास तथा नियोगलाई निर्देशन दिने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय हवाई उडानहरु हाल अवरुद्ध भएकाले सम्वन्धित मुलुकमै सुरक्षा सहित बस्ने प्रबन्ध मिलाउने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री शर्माले बताउनुभयो ।

नेपालको विमानस्थलमा रोकिएका यात्रुहरुको व्यवस्था गर्ने र सम्वन्धित द्वन्द्वग्रस्त मुलुकमा नजान र आवश्यक सुरक्षा सावधानी अपनाउन ट्राभल एडभाईजरी स जारी गरी आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रुपमा आक्रमण गरिएपछि इरानले मध्यपूर्वसहित खाडीमुलुकमा प्रत्याक्रमण गरेको छ । यसका कारण खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा चिन्ता बढेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था