घोषणा पत्र लेखनमाथि छलफल गर्न भोलि सानेपामा केन्द्रीय समितिको बैठक बोलाइयो

घोषणा पत्र लेखनमाथि छलफल गर्न भोलि सानेपामा केन्द्रीय समितिको बैठक बोलाइयो

काठमाडौं –  नेपाली काँग्रेसले निर्वाचन रणनीति र घोषणा पत्र लेखनको तयारी लगायतका विषयमा छलफल गर्न भोलि केन्द्रीय समिति बैठको बोलाएको छ ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा निर्वाचन रणनीति र पार्टी घोषणापत्र तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सभापतिमा गगन कुमार थापा चयन भएसँगै उहाँको नेतृत्वमा पहिलो पटक पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लगेको हो । बैठक अघि सभापति थापाले भोलि सानेपामा पदभार ग्रहण गर्ने बताइएको छ । सानेपामा पुगेर सभापतिको पदभार ग्रहण नगरेपनि  नवनिर्वाचित सभापति थापाको अध्यक्षता यसअघि दुई पटक केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भइसकेको छ ।

काँग्रेसले यस अघि नै सभापति थापाको नेतृत्वमा घोषणा पत्र लेखन समिति  र उपाध्यक्ष विश्व प्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने सक्ने नेताहरुले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू