Wednesday, 28 October 2026
ब्रेकिङ
समाचार

घोषणा पत्र लेखनमाथि छलफल गर्न भोलि सानेपामा केन्द्रीय समितिको बैठक बोलाइयो

घोषणा पत्र लेखनमाथि छलफल गर्न भोलि सानेपामा केन्द्रीय समितिको बैठक बोलाइयो

काठमाडौं –  नेपाली काँग्रेसले निर्वाचन रणनीति र घोषणा पत्र लेखनको तयारी लगायतका विषयमा छलफल गर्न भोलि केन्द्रीय समिति बैठको बोलाएको छ ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा निर्वाचन रणनीति र पार्टी घोषणापत्र तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सभापतिमा गगन कुमार थापा चयन भएसँगै उहाँको नेतृत्वमा पहिलो पटक पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लगेको हो । बैठक अघि सभापति थापाले भोलि सानेपामा पदभार ग्रहण गर्ने बताइएको छ । सानेपामा पुगेर सभापतिको पदभार ग्रहण नगरेपनि  नवनिर्वाचित सभापति थापाको अध्यक्षता यसअघि दुई पटक केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भइसकेको छ ।

काँग्रेसले यस अघि नै सभापति थापाको नेतृत्वमा घोषणा पत्र लेखन समिति  र उपाध्यक्ष विश्व प्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने सक्ने नेताहरुले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ।

 

Source link

तपाईंको प्रतिक्रिया