नेपाल नेदरल्यान्ड्ससंग पराजित – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल नेदरल्यान्ड्ससंग पराजित – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो ।
यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् ।नेपालका रुबिना क्षेत्रीले दुई विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एक/एक विकेट लिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु