पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन- नारायणगढमुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ ।

आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सीसिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो ।

ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १०ः०० बजेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको छ । अन्य ठाउँको पहिरो मुग्लिनसेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ ।

सो सडक खण्डमा भने सिमसिम पानी परिरहेको घिमिरेले जानकारी दिनुभयो । त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ