बससँग ठोक्किएर कार सुनकोसीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठोक्किएर कार सुनकोसीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिका–२ नबलपुर अन्तर्गत मध्यपहाडी राजमार्गमा सडक दुर्घटनामा परी एक कार सुनकोसी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको कार एकआपसमा ठोक्किएपछि कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार कारमा तीन जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि कारसहित तीनै जना नदीमा बेपत्ता भएको आशंका गरिएको उहाँले जानकारी दिनुभयो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी उद्धार तथा खोजीमा खटिएका छन्।

बेपत्ता भएका व्यक्तिको खोजीका लागि गोताखोरको टोलीसमेत घटनास्थलमा पुगेर नदीमा खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बसका यात्रु सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

बेपत्ता भएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ