काठमाडौँ- नेदरल्यान्ड्समा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आगामी त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक स्टुआर्ट लले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रशिक्षक लले स्कटरल्यान्ड र अमेरिकाविरुद्धको पछिल्लो शृंखलाको टोलीलाई निरन्तरता दिएका छन् ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखला आगामी जुलाई २१ देखि ३१ सम्म हुँदै छ ।
नेपालले जुलाई २१ र २७ मा नामिबिया तथा २३ र २९ मा घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्नेछ ।
हाल २८ खेल खेलेको नेपाल २४ अंककमा साथ पाँचौँ स्थानमा छ । समान खेल खेलेका नेदरल्यान्ड्स ३२ अंकका साथ तेस्रो र नामिबिया २२ अंक जोडेर सातौँ स्थानमा छन् ।।

