काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज अस्पताल पुगेर उक्त खोप प्रदान गर्नुभएको हो ।

खोप प्रदान गर्दै उहाँले अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको उल्लेख गर्नुभयो।

खरिद प्रक्रियाका कारण खोप अभाव हुनसक्ने देखिएकाले महानगरपालिकासँग सहयोग मागेको अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले बताउनुभयो ।

उहाँले अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउने र महानगरपालिकाले प्रदान गरेको खोपले करिब नौ दिनको सेवा सञ्चालन गर्न सक्ने जानकारी दिनुभयो ।

माग गरेपछिको सात दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा बाँस्तोलाको भनाइ थियो ।

अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकाले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर