सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस गुट-उपगुट र परिवारवादका कारण अहिलेको अवस्थामा आइपुगेको बताउनुभएको छ।

सुनसरीको लौकहीस्थित सिटीहलमा आज आयोजित  प्रदेश स्तरीय कार्यकर्ता भेला तथा ‘जरा अभियान’ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थापाले पार्टीलाई पुनः जनतामाझ लोकप्रिय बनाउन अभियानको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन संगठनभित्र सुधार, कार्यकर्ताको सम्मान र जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

“कांग्रेस गुट र उपगुटमा अल्झियो, परिवारवादबाट मुक्त हुन सकेन, त्यसैले जनतासँगको दूरी बढ्यो,” थापाको भनाइ थियो।

थापाले ‘जरा अभियान’ ले कांग्रेसलाई फेरि गाउँ–टोलसम्म जोड्ने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई जनताका समस्या र मुद्दासँग प्रत्यक्ष रूपमा जोडिन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै थापाले सुकुम्बासी समस्याप्रति पनि सरकारको कार्यशैलीको आलोचना गर्नुभयो।

उचित व्यवस्थापन नगरी सुकुम्बासीका घरटहरा भत्काइएकोप्रति आपत्ति जनाउँदै उहाँले मानवीय संवेदनालाई ख्याल गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी व्यवसायीहरूलाई दिनदहाडै उठाएर आतंक सिर्जना गरिएको भन्दै उहाँले शान्ति सुरक्षा र कानुनी शासन कायम गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कांग्रेस कार्यकर्ता तथा नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी राजनीतिक रणनीतिबारे छलफल गरिएको थियो।।

Source link

संबधित खबर

धेरै पढ़िएको

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु