रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेमाथिको कास्की जिल्ला अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज भएको छ ।

कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेसहित जिबी राई र छविलाल जोशी विरुद्धको सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको हो ।

न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिदिएको हो ।

आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग निजहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मागदावी नरहेको र संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएकोले मुद्दा संशोधन गरिदिएको उल्लेख छ ।

मुद्दा संशोधन नहुँदा र प्रतिवादीविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको मुद्दा कायमै रहँदा मिलापत्र हुने तथा बिगो रकम सहज रुपमा पाउने प्रक्रिया थप जटिल बन्नजाने अदालतको आदेशमा उल्लेख छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

एभरेस्ट समिटर्स समिट: आवश्यकता र औचित्य

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री लम्साल

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती