घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

घुसबापतको रकमसहित यादव पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

महोत्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले महोत्तरीकै सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई ७२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

बर्दिबासबाट खटिएको अख्तियारको टोलीले यादवलाई सडक ढलान योजनाको रकम निकासा गरिदिने नाममा अवैध रकम लिइरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो । 

आयोगका अनुसार यादवले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभका लागि उपभोक्ता समितिसँग गैरकानुनी रूपमा रकम माग गरेका थिए।

उनले सोनमा गाउँपालिका२ स्थित मस्जिददेखि साजिदको घरसम्म निर्माण गरिएको सडक ढलान योजनाको विनियोजित बजेटबाट रकम माग गरेको आरोप छ।

घुस लेनदेन भइरहेको सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउपछि यादवमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न