प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक आज

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक आज

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिको प्रस्ताव गर्ने मुख्य कार्यसूचीसहित संवैधानिक परिषदको बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक आज अपरान्ह ५ बजे बस्ने परिषद् सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गर्नुभए पछि आज पहिलो बैठक बस्न लागेको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था रहेको परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बैठकमा भने प्रधानन्यायाधीशको सट्टा कानुनमन्त्रीले सदस्यको रुपमा काम गर्ने व्यवस्था छ ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकायम प्रधानन्यायधीश रहनुभएकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा.नहकुल सुवेदी सहित ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरिसकेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा ३ वर्ष काम गरिसकेका व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने कानुनी व्यवस्था छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी