एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम- सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

“रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणीकरण र नक्साङ्कनको कार्य सकिएको छ । त्यसैले अव्यवस्थित बसोबासी हटाइने भन्ने हल्ला निराधार हो ।”

सङ्घीय सरकारले भूमि आयोग विघटन गरेपछि नयाँ आयोग गठन प्रक्रियाका कारण केही ढिलाइ हुनसक्ने भन्दै गाउँपालिकाले प्रमाणपत्र पाउन बाँकी नागरिकलाई नआत्तिन आग्रह गरेको छ । “सामाजिक सञ्जालमा फैलिएको भ्रम गलत हो । प्रचलित कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरण कार्यले निरन्तरता पाउनेछ । मापदण्ड पुगेका ऐलानी तथा अन्य जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने वा संरचना भत्काउने कुनै योजना छैन । भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह छ”, गाउँपालिकाले एक सूचना जारी गरी आश्वस्त पारेको छ ।

अध्यक्ष स्याङ्बोले गाउँपालिका नागरिकको आवासको हकप्रति प्रतिबद्ध रहेको बताउँदै सामाजिक सञ्जालमा भनिए झै घर भत्काउने हल्लाबाट त्रस्त नहुन आग्रह गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन