धमाधम बायोमेट्रिक विवरण सङ्कलन – सार्वजनिक सेवा प्रसारण संस्था

धमाधम बायोमेट्रिक विवरण सङ्कलन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थाल्नुभएको छ ।

दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचिवालले सांसदहरुलाई अनुरोध गरेको थियो ।

सचिवालयले आजदेखि यही वैशाख २८ गतेसम्म सांसदहरुलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बनेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेनजी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरुलाई अनुरोध गरिएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा सभाका बैठकहरुका लागि विद्युतीय हाजिरीबाट अभिलेख गरिने र क्रमशः समितिका बैठकहरुको विद्युतीय हाजिरी व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

यही वैशाख २८ गते अपराह्न २ बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै