नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

काठमाडौँ- नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवादलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। आज भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस  भएको थियो ।मुद्दा हेर्दा हेर्दैमा राखिएकाले  भोलि शुक्रबार पनि मुद्दाको सुनुवाइ हुने छ ।

आज रिट निवेदक रहेका नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस गर्नु भएको छ भने भोली शुक्रबार बिशेष महाधिबेशनबाट बनेका सभापति गगनकुमार थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी इजलासले समय विभाजन गरेको थियो ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो ।

१४ औं महाधिबेशनबाट निर्बाचित सभापति देउवा र उपसभापति ( पछिल्लो समय कार्यबाहक सभापति) खड्काले गत माघ ४ गते निर्बाचन आयोगले बिशेष महाधिबेशनबाट बनेको थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेकोमा त्यसको बिरुद्ध कांग्रेसको आधिकारिकता आँफुहरुको समितिलाई (१४ औं महाधिबेशनबाट निर्बाचित) नै दिनुपर्ने भन्दै रिट दायर गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह