भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

काठमाडौँ –  बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतको काठमाडौँस्थित राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोग करिब २करोड ५ लाख रुपैयाँमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत कार्यान्वयन गरिनेछ। परियोजना बडिगाड गाउँपालिकामार्फत अघि बढाइने जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ स्वास्थ्य संरचनाले गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले नेपाल–भारतबिचको बहु आयामिक र घनिष्ठ सहकार्यलाई थप मजबुत बनाउन यस्ता परियोजनाहरूले योगदान पुर्‍याउने धारणा राख्नु भएको थियो। भारत सरकारको निरन्तर सहयोगले नेपालको प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई सघाउने उल्लेख गरिएको छ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो, जसले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था