यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

काठमाडौँ, ३ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका संसदीय समितिका सभापतिमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ ।

रास्वपा संसदीय दलको आज बसेको बैठकले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनको सभापतिमा हरि ढकाल र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिको सभापतिमा डा ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी, रास्वपाले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सहयोग गर्ने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । संसदीय सुनुवाइको सभापतिमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्की, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्नीमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रास्वापाको प्रमुख सचेतक बुर्लाकोटी

त्यस्तै, आजको बैठकले संसदीय दलको उपनेतामा गणेश पराजुली, प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकहरूमा प्रकाशचन्द्र परियार तथा क्रान्तिशिखा धिताललाई बनाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था