प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नु भएको छ ।

मुख्यमन्त्री हरुसँगको बैठक  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।

बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछन्।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ।

यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै