पाँच वर्षभित्र आर्थिक वृद्धि दर ७ प्रतिशत र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

पाँच वर्षभित्र आर्थिक वृद्धि दर ७ प्रतिशत र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

काठमाडौं – सरकारले आगामी पाँच वर्षभित्र औसत आर्थिक वृद्धि दर ७ प्रतिशत हासिल गर्दै प्रतिव्यक्ति आय ३००० अमेरिकी डलर पुर्‍याउने लक्ष्य सहितको राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।

राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलहरूको घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गरिएको सरकारले जनाएको छ ।

उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षहरूको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आबद्ध गरिने बताइएको छ ।

विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी यसको कार्यान्वयन गर्ने ब्यवस्था गरिएको छ ।

सरकारले प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै त्यसमा राजनीतिक दलहरू र सरोकारवालाहरूको सुझाव सुझाव माग गरिएको छ ।

सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजनामा राजनीतिक दलहरुको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरू समेटेर राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक गरी लागू गर्ने उल्लेख थियो ।

अवधारणापत्रमा १८ वटा क्षेत्र समेटिएका छन् । आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र परेका छन् ।

त्यसैगरी रोजगारी र समृद्धि, शिक्षा र स्वास्थ्य, वन वातावरण र जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, विद्युतिय सुशासन र प्रविधि विषयहरु समावेश गरिएको छ ।

प्रतिवद्धता पत्रमा आउँदो पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याइने उल्लेख गरिएको छ । रोजगारीलाई मुख्य समृद्धिको आधार बनाउँदै अस्थायी राहत मात्र नभइ स्थायी आधार बनाइने आगामी पाँच बर्षमा १५ लाख रोजगारी सृजना गरिने भनिएको छ ।

यस्तो छ प्रतिवद्धता पत्र 

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’