काठमाडौँ-६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल काठमाडौँ-६ बाट निर्वाचित हुनु भएको छ । खनाल २७७११ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६६७४ मत पाउनु भएको छ।

प्रतिनिधिसभामा ४६ वर्षीय खनालको यो दोस्रो यात्रा हो। राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सचिवालय सदस्य खनाल यस अघिकै निर्वाचन क्षेत्र काठमाडौँ-६ बाट निर्वाचित हुनु भएको थियो ।

काठमाडौँ टोखाका स्थायी बासिन्दा खनाल राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उहाँले सामुदायिक विकास तथा स्वयंसेवी अभियानमा काम गर्नुभएको थियो।

उहाँले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गर्नुभएको छ।

उहाँ छोटो समय शिक्षा मन्त्रीसमेत बन्नु भएको थियो ।।

 

 

Source link

संबधित खबर

धेरै पढ़िएको

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय