रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनु भएको छ ।  उहाँले १० हजार २४० मत प्राप्त गर्नु भयो । उहाँका निकटम् प्रतिद्वन्दी एमालेका लिलामणि गौतम ३ हजार४६२ मत प्राप्त गर्नु भएको थियो ।

२०११ सालमा कास्कीको ढिकुरपोखरीमा जन्मिनुभएका नेकपा संयोजक पुष्प कमल दाहालले २०२८ सालबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।

कम्युनिस्ट पार्टीको सदस्यता लिएसँगै सुरु भएको थियो। कृषिमा स्नातक गरेपछि उनी गोरखाको आरुघाटस्थित भीमोदय माविमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक थिए।

शिक्षक हुँदा उनले स्थानीयलाई कम्पोष्ट मल बनाउन र चर्पी प्रयोग गर्न सिकाउने गर्थे। तर, उनको भित्री लक्ष्य शिक्षक बन्नु थिएन, समाजलाई नै आमूल परिवर्तन गर्नु थियो।

२०४३ सालमा तत्कालीन नेकपा (मशाल) मा भएको ‘सेक्टर काण्ड’ पछि मोहन वैद्यको ठाउँमा नेतृत्व सम्हाल्ने अवसर पाएका प्रचण्डले त्यसयता ३६ वर्षदेखि निरन्तर पार्टीको साँचो आफ्नै हातमा राखेका छन्। जनयुद्धको नेतृत्व गर्दै २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उनी तीन पटक देशको प्रधानमन्त्री भइसक्नुभएको छ । शान्तिप्रक्रियामा आएसँगै लगातार संसदीय यात्रामा रहनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी