निर्वाचनको पछिल्लो मतगणनाः ८६ स्थानमा रास्वपा अगाडि

निर्वाचनको पछिल्लो मतगणनाः ८६ स्थानमा रास्वपा अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ८६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ८६ स्थानमा, नेकपा (एमाले) ९ स्थान, नेपाली कांग्रेस ७ र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक/एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय