दाङ-१ मा लगातार मतान्तर बढाउँदै रास्वपाका देवराज पाठक

दाङ-१ मा लगातार मतान्तर बढाउँदै रास्वपाका देवराज पाठक

दाङ-  दाङ क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले लगातार मतान्तर बनाउँदै अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले ६ हजार १ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

पाठक र चौधरीबीच हाल ४ हजार ३ सय ५६ मतको फराकिलो अन्तर रहेको छ ।

नेकपा एमालेका रेवतीरमण शर्मा घमिरेले ७ सय १६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्यूनिष्ट पार्टीका मेटमणी चौधरीले ७ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

अन्य उम्मेदवारहरुले भने सयभन्दा कम मत प्राप्त गरेका छन् । मतगणनाको हालसम्मको विवरण अनुसार ९ हजार ९ सय ५६ मत सदर भएको छ भने ४ सय ६ मत बदर भएका छन् । जम्मा १० हजार ३ सय ६२ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था