वीरगञ्जको कपडा गोदाममा छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना सशस्त्र प्रहरी घाइते

वीरगञ्जको कपडा गोदाममा छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना सशस्त्र प्रहरी घाइते

पर्सा- वीरगञ्जमा भन्सार छलि गरी राखिएको कपडा गोदाममा आज बिहान छापा मार्ने क्रममा व्यापारीको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्।

आक्रमणबाट सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जनाइएको छ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन गुप्ता (रुन्चे)को घरमा अवैध रूपमा कपडा गोदाम सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा भन्सार प्रतिनिधिसहित सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो।

सो क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका पाँच बोरा कपडा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले जानकारी दिनुभयो।

क्षेत्रीका अनुसार बरामद गरिएको कपडा गाडीमा लोड गरिसकेपछि व्यापारी तथा तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेका थिए।

आक्रमणका क्रममा सशस्त्र प्रहरीको ना १ झ १५३१ नम्बरको सरकारी गाडीको सिसा फुटाइएको छ भने एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ।

घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक सुदीप पाठकले जानकारी दिनुभएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन