राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता

राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता

काठमाडौं – राष्ट्रियसभा बैठकबाट ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता भएको छ ।

राष्ट्रियसभा आज बसेको बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री एवम् संचार तथा सूचना प्रविधि मन्त्रीको तर्फबाट संसदीय मामिला तथा कानुन मन्त्री अनिल सिन्हाले पेश गर्नु भएको विधेयक फिर्ता गर्ने  प्रस्तावलाई निर्णयार्थ प्रस्तुत  गर्नु भएको थियो । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेसँगै ‘सामाजिक सञ्जाल विधेयक २०८१’ विधेयक फिर्ता भएको हो ।

गत माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो ।

गत वर्ष माघ २७ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा उक्त विधेयक पेस गरेको थियो । तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्रभावकारी नियमनको कानुनी आधार तयार गर्ने उद्देश्यसहित माघ १५ मा संघीय संसद सचिवालयमा विधेयक दर्ता गराउनु भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर