निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउने उम्मेदवारको प्रतिबद्धता

निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउने उम्मेदवारको प्रतिबद्धता

रुपन्देही– प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा तिनका उम्मेदवारहरु आन्तरिक प्रचार प्रसारमा जुटेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु बिभिन्न रणनीति बनाएर चुनावी मैदानमा होकिएका छन् ।

निर्वाचन नजिकदै गर्दा दल तथा उम्मेदवारले आंचार संहिता उल्लघन गर्न सक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्बाचन आचारसंहिता वारे उम्मेदवार तथा सरोकारवालालाई सचेत बनाएको छ ।कार्यालयले सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया गर्दै निर्बाचनका लागि जारी गरिएको निर्बाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

रुपन्देहीका प्रमुख निर्बाचन अधिकृत तथा निर्बाचन आचार संहिता अनुगमन समितिका संयोजक अशोककुमार बस्नेतले आयोगले जारी गरेको निर्बाचन आचारसंहिता सवैले पालना गर्नु पपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दल, उम्मेदवार सहित सरोकारवाला सवै निकायले आचार संहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र भएरहित बनाउन आग्रह गर्नुभयो ।‘पालना नगरिएमा उम्मेदवारी नै खारेज हुनेसम्मको दण्ड जरिवानाको प्राबधान छ’ मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो, ‘निर्बाचनलाई भड्किलो र खर्चिलो नबनाऔं ।’

कार्यक्रममा सहभागि उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सवैले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने वारे सहमती जनाउनु भएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले निर्बाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न कतिपय व्यवहारिक कठिनाइ भएपनि निर्बाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउनका लागि आफु लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले आचारसंहिताले निर्दिष्ट गरेका कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्बाचन आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । नागरिक उन्मुक्ति पार्टि नेपालका उम्मेदवार नन्दकुमारी थापाले आचार संहिता सबैले पालना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कतिपय दल र तीनका उम्मेदवारहरुले आचार संहिता उल्लघन गर्ने गरेकाले अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी अधिकांश उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले बिगतका निर्बाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना हुन नसकेको र नियमन गर्ने निकायले पनि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै यस पटक खरो रुपमा उत्रिन आग्रह गरेका छन् ।
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले पूरा गर्न नसक्ने खालका चुनाबी घोषणापत्रमाथिपनि निर्बाचन आचारसंहिताको दृष्टिले अनुगमन गरि कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो । ‘जनतालाई दिग्भ्रमित गराउने र पूरा नै हुन नसक्ने खालका चुनावी घोषणापत्र तथा चुनावी मुद्धा लिएर मतदाता समक्ष जानेमाथि पनि कडा निगरानी हुनु पर्छ, उहाँले भन्नुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले रुपन्देहीमा निर्वाचनका लागि आबश्यक शान्ति शुरक्षाको पुर्ण प्रत्याभुति रहेको बताउनु भयो । उहाँले ढुक्क भएर मतदान गर्न सकिने सुरक्षाको बातावरण तयार पारिएको उल्लेख गर्दै नागरिकलाई निर्वाचनबारे जागरुक बनाउन आग्रह गर्नुभयो ।

स्थानिय जानकारहरु मोतिप्रसाद सुवेदीले आयोगले जारी गरेको आचार संहितलाई पुर्ण रुपमा कार्यन्वयन गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा स्वच्छ रुपमा प्रतिनिधि छनौट गर्न पाउनु नागरिकको मौलिक अधिकार भएकाले कसैको प्रलोभनमा पर्न नहुने बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान