Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह – Khabarofnepal

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएका उहाँले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले मुख्न निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्नुभएको थियो ।

अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्लले जानकारी दिनुभयो ।

अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने बताउनुभयो । “निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु÷गराउनु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुप¥यो ।”

अर्थमन्त्री खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिनुभएको थियो । बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लामा भइका शान्ति सुरक्षाको व्यवस्था, आचारसंहिता कार्यान्वयन र अहिलेसम्म भएका निर्वाचन तयारीका बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

आजै बागलुङ आउनुभएका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुअवस्थाका विषयमा जानकारी लिएर निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ बुर्तिबाङको अनुगमनका लागि जानुभएको छ ।

उहाँले निर्वाचनको समयमा आउने गलत र भ्रामक सूचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत अधिकारी, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी उपरीक्षक तिलक भारतीलगायतले चुनावको तयारीका साथै यहाँ आचारसंहिता उल्लङ्घन नभएको बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

दश स्थानीय तह र ८५ वटा वडा रहेको बागलुङमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बागलुङमा कूल एक लाख ९३ हजार ३८१ जना मतदाता छन् । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

—

Source link

संबधित खबर

धेरै पढ़िएको

The Paradise: Did Nani starrer trim 24 minutes from movie after OTT release? Find out

Jennifer Lawrence Reacts to Being Connor Wood’s Celeb Crush

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga