निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न अनुगमन अधिकृतलाई गृहको निर्देशन

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न अनुगमन अधिकृतलाई गृहको निर्देशन

काठमाडौँ-गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ ।

निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै