घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु

घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु

सुदूरपश्चिम–  कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताउनुभयो । कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उहाँले बताउनुभयो ।

डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पु¥याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा एक वर्ष कैद सजाय र रु एक हजार जरिवाना सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका–८ का २३ वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय र रु ३० हजार १५० जरिवाना तोकिएर फरार रहेका कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ ढैया टोलका ५० वर्षीय मदन नाथयोगी भनिने मदन विकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था