नेपालस्थित भारतीय राजदूतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

नेपालस्थित भारतीय राजदूतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

काठमाडौँ –  नेपालस्थित भारतीय राजदूतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौँस्थित दूतावास परिसरमा आयोजित विशेष समारोहबिच गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश वाचन गरिएको थियो । साथै, सांस्कृतिक प्रश्तुति तथा राष्ट्रभक्ति गीतहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो । भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ ।

सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी