सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफुले मधेशको विकास सम्मानका लागि पटक -पटक सदनमा उठाएको र  अब त्यसको समाधान दिने गरी मधेशमा आएको बताउनु भएको  छ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि दिएको योगदान  बिर्सन नसकिने रहेको उल्लेख गर्नु भयो ।

नेपालको प्रजातन्त्रिक आन्दोलमा मधेशको योगदानको चर्चा गर्दै सभापति थापाले भन्नु भयो  “नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन ?’ यो प्रश्न उत्तर दिने गरी मधेश आएको छ । यस पटक म प्रश्न मात्र उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ, ।

सभापति थापाले कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै मधेशले नेपालमा प्रजातन्त्र स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताउनु भयो ।

सभापति थापाले माधेशमा खस्किदो शिक्षा स्तरबारे पनि चिन्ता व्याक्त गर्नु भयो ।

‘कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो।’तर अहिले अवस्था उल्टिएको छ । ‘इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ। हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु। सभापति थापाले भन्नु भयो

 

 

Source link

संबधित खबर

धेरै पढ़िएको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

कैलाली-२ मा रास्वपाका खनाल विजयी

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित