लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

देउखुरी – राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका  चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी हुनुभएको हो ।

महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी हुनुभएको हो । उहाँकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गर्नुभयो ।

यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाउनुभयो । यस्तै अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी हुनुभयो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सर्जन विकले एक हजार ६०१ मतभार पाउनुभयो ।

निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँच जना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौ जना अनुपस्थित रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै