राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित

राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित

मोरङ–  राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभएको हो । मेचेले सात हजार १७३ मतभार प्राप्त गर्नुभयो भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याउनुभयो ।

यसैगरी दलिततर्फ नेकपा (एमाले) का पोर्तेल निर्वाचित हुनुभयो । पोर्तेलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गर्नुभयो । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गर्नुभयो भने सुन्दासले दुई हजार २७ मतभार ल्याउनुभयो ।

कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार तथा स्वतन्त्र दुई जना रहेका थिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपाका एक सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका तीन, एमालेका दुई, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट उनको नाम हटाइएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट