राष्ट्रिय सभा सदस्यमा एमालेका लीला कुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी

राष्ट्रिय सभा सदस्यमा एमालेका लीला कुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी

धनगढी- सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला तर्फ ३ हजार ९८४ मत प्राप्त गरेर भण्डारी विजयी भएकी हुन्। उहाका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गर्नुभयो । यसैगरी, अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ९ सय ६९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाउनुभयो । प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष बरावर १९ मतभार रहेको छ। ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि २ सय २० जनाले मतदान गरेका थिए।

जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत खसेन। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनपाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष  रेखा कठरियाले मतदान गर्नुभएन ।

महिला तर्फ एक जना र अन्यमा एक जना गरि दुई सदस्यका लागि भइरहेको निर्वाचनमा ४ उम्मेदवार प्रतिस्पर्धामा थिए। नेपाली कांग्रेस र एमालेको गठबन्धन रहेको थियो।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना