ऐलानी जग्गा विवादमा सिरहाको कर्जन्हामा ५० वर्षीय पुरुषको मृत्युपछि तनाव

ऐलानी जग्गा विवादमा सिरहाको कर्जन्हामा ५० वर्षीय पुरुषको मृत्युपछि तनाव

सिरहा – कर्जन्हा नगरपालिका–१० स्थित मन्हर्वा चोकमा करिब ३५ वर्षदेखि बसोबास गर्दै आएको ऐलानी जग्गा विवादका क्रममा ५० वर्षीय मुदिन सेखको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले प्रर्दशन गर्दा सिराह मन्हर्वा तनाव ग्रस्त बनेको छ ।

घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै पीडित पक्ष र स्थानीयवासीहरू पूर्व–पश्चिम राजमार्गमा उत्रेर प्रर्दशन गरेका छन् ।

प्रदर्शनका कारण केही समय यातायात आवागमन प्रभावित भएको छ।

मृतक मुदिन सेखाका २ जना छोरा र १ जना छोरी रहेका छन्। परिवारजनले आफूहरू लामो समयदेखि उक्त ऐलानी जग्गामा बसोबास गर्दै आएको दाबी गरेका छन्।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गरिने र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

क्यानडामा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा