बागमती प्रदेशबाट काँग्रेसकी देवकोटा र एमालेका दंगाल निर्वाचित

बागमती प्रदेशबाट काँग्रेसकी देवकोटा र एमालेका दंगाल निर्वाचित

मकवानपुर- राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

महिलातर्फ नेपाली काँग्रेसकी गीता देवकोटा र अन्य समूहबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुनुभएको हो ।

महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभातर्फ ६० मतसहित ३ हजार १८० मतभार प्राप्त गर्नुभयो भने स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ०५९ मतभार पाउनुभयो ।

उहाँले कुल ६ हजार २ सय ३९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मतसहित ३ हजार १ सय २७ मतभार प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ १ सय ६२ मतसहित ३ हजार ०७८ मतभार पाउँदै उहाँले कुल ६ हजार २०५ मतभार हासिल गर्नुभएको छ ।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाउनुभया । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाका विक्रम ढुकुक्षुले १ सय ९७ मतभार पाउनुभयो । निर्वाचनमा प्रदेश सभातर्फ ३ र स्थानीयतह तर्फ ४ मत बदर भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

निर्वाचनमा बागमती प्रदेशसभाका ८९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २ सय २९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय १८ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो । कुल ९ हजार ०६८ मतभार खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा २० जना मतदाता अनुपस्थित रहे ।

अनुपस्थितमध्ये १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । राप्रपा र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान प्रक्रियामा सहभागिता जनाएनन् ।

नेकपाकी रमा आले मगर स्वास्थ्य उपचारका सिलसिलामा भारतमा रहेकाले मतदान गर्न आउन सक्नुभएन । स्थानीय तहतर्फ दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउँपालिकाका अध्यक्ष सञ्जिव वली  शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर महानगरपालिकाकी उपप्रमुख मुना अधिकारी र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाकी अध्यक्ष अप्सरा लम्साल अनुपस्थित रहेका थिए ।

यसैबीच, इच्छाकामना गाउँपालिकाकी उपप्रमुख माया सिलवाल काजकिरियामै रहेर पनि मतदानमा सहभागी हुनुभएको छ ।

उहाँका श्रीमानको चार दिनअघि निधन भएको थियो । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मुगुमा कांग्रेसका शाही विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

मुगुमा कांग्रेसका शाही विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी