सङ्खुवासभामा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जना गम्भीर घाइते

सङ्खुवासभामा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जना गम्भीर घाइते

सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी खण्डको भित्र सडकमा बोलेरो दुर्घटना हुँदा अरु ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयो ।

आइतबार साँझ चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको बोलेरो चैनपुर-१ स्थित नुनढाकी नजिकै दुर्घटना भएको हो ।

बोलेरो दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको पहिचान खुल्न बाँकी रहेको डिएसपी मैनालीले बताउनुभयो । त्यस्तैगरी घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बोलेरो दुर्घटना हुँदा चैनपुर-१ सिङरीङ बस्ने ३४ बर्षीय दोर्जी शेर्पा, चैनपुर मैदानेका ४५ बर्षीय भिम बहादुर थुलुङ रहेको डिएसपी मैनालीले बताउनुभयो । अन्यको भने पहिचान खुल्न सकेको छैन ।

घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका डिएसपी बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको छ ।

घाइते सबैको उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध