आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा संघ, प्रदेश र स्थानीय तहले मिलेर विभिन्न जोखिम न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । मूल समारोह काठमाडौंको खुला मञ्चमा हुनेछ । यस अवसरमा भूकम्प सुरक्षा प्रदर्शनी, सेमिनार, अन्तरक्रिया, सडक नाटक, र्‍याली, आयोजना गरिँदै छ ।
यस वर्षको नारा “सबै तहका सरकार, सबै नागरिकको तयारी; भूकम्प उत्थानशील नेपाल-अबको जिम्मेवारी ” तय गरिएको छ । यो नारा विपद् जोखिम न्यूनीकरण र तयारीमा सरकारका साथै सर्वसाधारणको साझा दायित्वलाई जोड दिन बनाइएको हो । भूकम्प सुरक्षा दिवस वि.सं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्प को स्मृतिमा हरेक वर्ष मनाइँदै आएको हो । २०५५ सालदेखि राष्ट्रियस्तरमा मनाउन थालिएको यो दिवसले भूकम्प प्रतिरोधी संरचना, जोखिम न्यूनीकरण तथा आपतकालीन तयारीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री