Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल – Khabarofnepal

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

ढोरपाटन (बागलुङ)- यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।

गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताउनुभयो ।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उहाँको भनाइ छ । यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताउनुभयो । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उहाँको भनाइ छ ।

“गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भन्नुभयो, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”

एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताउनुभयो । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उहाँको भनाइ छ ।

नवलपुरदेखि घुम्न आउनुभएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताउनुभयो । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उहाँले सुनाउनुभयो । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उहाँले सुझाउनुभयो ।

जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए  । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Dan Reynolds, Sofía Vergara Step Out For Dinner After Minka Kelly Breakup

Festive Fashion 2026: 7 Standout Looks to Take Cues From 

Udta Teer 3 Days Box Office Collection Early Updates (Today): Weekend Jump Alert! Ayushmann Khurrana-Sara Ali Khan Film Beats Jailer 2 Hindi Figures | Udta Teer Opening Weekend Collection Early Updates | Udta Teer Box Office Collection Day 3 Sacnilk Early Updates | Udta Teer Collection First Weekend Sunday Early Updates (Day 3) | Udta Teer First Sunday Collection Early Updates (October 25, 2026) Udta Teer Vs Jailer Box Office

Ramayana Part One Advance Booking Update: Ranbir Kapoor, Yash starrer sold 2 lakh tickets at national chains 10 days before release

Tom Brady Dating Candice Swanepoel 4 Years After Gisele Bündchen Divorce

Kartik Aaryan and Shimit Amin’s Captain India to Bring Yemen Rescue Story to Big Screen

India’s Got Latent 2 MC Stan Episode Dailymotion: Who Are The Panelists Of Samay Raina Show New Episode 8 YouTube | Where To Watch India’s Got Latent 2 MC Stan Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Episode October 25 Episode Drop On Dailymotion