माघे सङ्क्रान्तिमा खाना महोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

माघे सङ्क्रान्तिमा खाना महोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

पाँचथर- माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ ।

फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिएका छन् ।

जिल्ला समन्वय समिति पाँचथरको प्राङ्गणमा आयोजित महोत्सवमा खाद्यान्न परिकारका अतिरिक्त पुराना परम्परागत सामग्रीहरु प्रदर्शनका लागि राखिएका छन् । परम्परागत रुपमा खेतीका लागि खनजोत गर्न प्रयोग गरिने सामग्री, भान्सामा प्रयोग हुने काठमा सामग्री तथा घरायसी उपयोगका तीन दर्जनभन्दा बढी परम्परागत सामग्री प्रदर्शनका लागि राखिएका छन् ।

महोत्सव सुरु हुनुअघि फिदिमको शिवालयबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो । र्‍यालीमा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव उद्घाटनका बेला च्याब्रुङ नाच, साकेलालगायत नृत्य देखाइएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक