खाना, व्यायाम र निद्राको त्रिकोण

स्वस्थ जीवनशैलीको मूल आधार हो – खाना, व्यायाम र निद्रा। यी तीन तत्वबीचको सन्तुलनले नै हामीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ।

सन्तुलित आहार भन्नाले प्रोटिन, फाइबर, भिटामिन र मिनरल्सयुक्त खाना हो। प्याकेट फुड र अत्यधिक चिनी, नुनको सेवन घटाउनु जरूरी हुन्छ। बिहानको नास्ता, दिउँसोको खाना र साँझ हल्का खाने बानी उपयोगी हुन्छ।

व्यायाम भनेको जिम जानु मात्र होइन। बिहानको हिँडाइ, सीढी चढ्नु, वा घरेलु काम पनि उपयोगी व्यायाम हुन्। दैनिक कम्तीमा ३० मिनेट शारीरिक गतिविधि अनिवार्य छ।

निद्रा पनि यत्तिकै महत्त्वपूर्ण छ। वयस्कलाई दिनको ७–८ घण्टा गुणस्तरीय निद्रा आवश्यक हुन्छ। मोबाइल स्क्रिन, क्याफिन र असजिलो वातावरण निद्रामा बाधक हुन्छ।

यी तीन तत्व एक–अर्कामा निर्भर छन्। खराब खाना र व्यायाम नहुनु निद्रामा असर पुर्‍याउँछ। निद्रा नपुगे राम्रो व्यायाम र खाना पनि असर रहित हुन्छ।

स्वस्थ जीवनको मूल मन्त्र यही हो – खाने, चल्ने र राम्ररी सुत्ने।

संबधित खबर

धेरै पढ़िएको

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट