कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

काठमाडौँ- प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्वतन्त्र, निश्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गर्नुभयो । आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाफदेहिताको सफल अभ्यास गर्न उहाँले आग्रह गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन दशकदेखि निरन्तर काम गर्दै परिषद्ले न्याय समाजको मार्गदर्शकको रूपमा काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा कानुन व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्रै नभएर व्यावसायिक सुुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष डा नारायणदत्त कँडेलले परिषद्को आत्ममूल्याङ्कनको दिनका रूपमा मनाइएको र आगामी दिनमा थप व्यावसायिक तथा पारदर्शी तरिकाले काम गर्ने बताउनुभयो ।

उहाँले परिषद्को संरचना प्रदेशस्तरमा पनि विस्तार गर्ने उल्लेख गर्दै सक्षम र मर्यादित कानुन व्यवसायी बनाई विधिको शासनमा सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले पारदर्शी तरिकाले परिषद्ले काम गरेको भन्दै कानुनी व्यवसायीको हकहितका लागि बारले निरन्तर काम गर्ने बताउनुभयो । कार्यक्रममा ५० वर्ष वकालत गर्नुुभएका कानुन व्यवसायी तथा परिषद्को परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियोे ।

परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालले कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । विसं २०५१ साउन २७ गते स्थापना भएको परिषद्मा २४ हजारभन्दा बढी कानुन व्यवसायी आवद्ध छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

सांसद अधिकारी – सार्वजनिक सेवा प्रसारण संस्था

सांसद अधिकारी – सार्वजनिक सेवा प्रसारण संस्था

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था