Friday, 30 October 2026
ब्रेकिङ
समाचार

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह




काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५-२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५/३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको धारणा राख्नुभयो ।

रास्वपा ’विकल्प खोज्ने’ नभई आफैँ ’विकल्प बन्ने’ र ’निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको सभापति लामिछानेको भनाइ थियो ।
युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा “अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन“ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भएकाले गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।।

Source link

तपाईंको प्रतिक्रिया