संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा सबै क्षत्रमा चलिरहेको युद्ध यथा सिग्र रोक्नुपर्ने बताउनुभएको छ ।

यस क्षत्रमा युद्धको अन्त्य भइ दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल–मन्डबको जलमार्गमा र वरपरका अन्तरराष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्णरूपमा पुनःस्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयीको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभएको छ ।

खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभएको छ ।

द्वन्द्वका कारण विश्वभर खाद्यान्न लगायतका आधारभूत सामग्रीको आयातमा कमजोर देशहरू अझै कमजोर बनिरहेको गुटेरेसले उल्लेख गर्नुभएको छ । विश्व खाद्य कार्यक्रमले ४५ करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौँलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ ।

उहाँले हमासलाई आफ्नो हतियार त्याग्न र इजरायललाई गाजाबाट आफ्नो सेना फिर्ता लिनका लागि सम्झौताको अमेरिकी. घोषणालाई शुभ समाचारको रुपमा स्वागत गर्नुभएको छ ।

“यी उद्देश्यहरू कार्यान्वयन गर्न स्पष्ट आधार भएको यसअघि नै घोषणा गरिएको उल्लेख गर्दै उहाँले शङ्का वा यसलाई कमजोर पार्ने दृढ सङ्कल्पविना दुवै पक्षले सहमति कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान

एक वर्षमा ३३३ उद्योग दर्ता

एक वर्षमा ३३३ उद्योग दर्ता

निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

कुबेतमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

कुबेतमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न

मधेशमा ९१ दशमलव ५५ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न