चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ रु ५६ करोड चार लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा आयोगको २७औँ बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ।

बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ र चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु ३५ करोड गरी कुल रु एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु आवका लागि रु ५६ करोड चार लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको छ ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ रु ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ रु आठ करोड ६२ लाख विनियोजन गरिएको ढकालको भनाइ छ ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै