पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

बारा- पर्सा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण प्रयासको महत्वपूर्ण उपलब्धि चार बर्षमा ३० बाघ थपिएका छन् ।

सन् २०२२ को सर्वेक्षणमा ४१ वटा बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा यसपटक राष्ट्रिय बाघ सर्वेक्षण-२०२६ को नतिजा

अनुसार ७१ वटा बाघ अभिलेखिकरण भएका छन ।

यससँगै चार वर्षको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा ३० वटा बाघ थपिएका हुन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा गरिएको वैज्ञानिक सर्वेक्षणबाट नेपालमा हाल कुल ४२९ वटा पाटे बाघ रहेको अनुमान गरिएको छ ।

बासस्थान संरक्षण, चोरी–सिकारी नियन्त्रण, आहारा प्रजातिको संरक्षण तथा स्थानीय समुदाय र युवाहरुको सकृय भुमिकाले सकारात्मक परिणाम दिएको पर्सा राष्ट्रियका सुचना अधिकारी सन्तोष भगतले जानकारी दिनु भएको छ ।

उहाँले बाघ लगायतका जनावरका लागि पानी कमी हुन नदिन ३० वटा कृतिम र ७ वटा प्राकृतिक पोखरी निमार्ण, घाँसे मैदान ब्यबस्थापन लगायका संरक्षणमा भएको कामका कारण बाघ १८ बाट ४१ र हाल ७१ पुग्न सफल भएको बताउनु भयो ।

सर्वेक्षणका लागि पर्सा-चितवन, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीनवटा संरक्षण क्षेत्र (कम्प्लेक्स) मा हजारौं स्वचालित क्यामेरा जडान गरी वैज्ञानिक विधिबाट बाघको गणना गरिएको थियो।

बाघको संख्या बढेसगै सुरक्षित बासस्थान, मानव–बाघ द्वन्द्व न्यूनीकरण र जैविक मार्गको संरक्षणमा थप ध्यान दिनुपर्ने सुचना अधिकारी भगतले बताउनु भएको छ ।

पर्सा राष्ट्रिय निकुज्जमा बाघको संख्या बढेसँगै निकुन्जमा आवश्यक प्राकृतिक बासस्थान, पर्याप्त आहारा र सुरक्षित वातावरण रहेको देखिएको छ ।

त्यसो त चितवन–पर्सा जैविक मार्ग (बायोलोजिकल करिडोर)ले बाघको आवागमन र प्रजननमा महत्वपूर्ण भूमिका खेलेको भगतले बताउनु भएको छ ।

पछिल्ला वर्षहरूमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय बासिन्दासँगको सहकार्यले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुगेको निकुञ्जले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै