कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णाली- कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

उक्त समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभाका सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

शाही नेकपा (एमाले)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था