सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।

जसअनुसार कर्फ्यु आदेश पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट दुवैतर्फ २०० मिटर क्षेत्रभित्र लागू हुनेछ।

उक्त क्षेत्रमा कर्फ्यु अवधिभर कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै पनि प्रकारको जमघट गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।

प्रशासनले जिल्लाको सुरक्षा अवस्था र शान्ति-सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

शान्ति र संयमता अपनाउन रास्वपा सभापति लामिछानेको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

सामाजिक र धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

 कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा